
काठमाडौं । इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गरेका धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छन् । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता थापा मगरलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी तथा मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।