काठमाडौं । नेपाली बजारका बिहीबार सुनको मूल्य बढेको छ । एकैदिनमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो ।
नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।