काठमाडौं । प्रुडेन्सियल यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्समा रहेको आफ्नो ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
इन्स्योरेन्स कम्पनीका अनुसार आज पुस १ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित पुस ६ गतेभित्र निवेदन दिन कम्पनीले आग्रह गरेको छ । लगानीकर्ताले न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।