हिमालयन रिको आईपीओमा मागभन्दा बढी आवेदन, अब कहिलेसम्म होला बिक्री ?

<p>काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । मागभन्दा कमको आवेदन परेपछि समय थपेर बिक्रीमा राखिएको उक्त आईपीओमा आइतबारसम्ममा मागभन्दा बढी आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ता सेयरको लागि आवेदन [&hellip;]</p>

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । मागभन्दा कमको आवेदन परेपछि समय थपेर बिक्रीमा राखिएको उक्त आईपीओमा आइतबारसम्ममा मागभन्दा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । सो अनुसार उक्त आइपीओमा ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ ।

इन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आईपीओको बिक्री खुला गरेको थियो । तर उक्त अवधिसम्म माग बमोजिमको आवेदन नपरेको हुनाले कम्पनीले समय लम्बाएको थियो । अब भने कम्पनीले माग बमोजिम आवेदन प्राप्त भएको खण्डमा भने सार्वजनि सूचना प्रकाशन गरि बिक्री खुला भएको चार कार्यदिनपश्चात कुनै पनि दिन बन्द हुने जानकारी गराएको छ । त्यसैले मागभन्दा बढी आवेदन परेको हुनाले इच्छुक आवेदकले भोलि अर्थात पुस २ गते सोमबारसम्म मात्र आवेदन दिन पाउने सम्भावना बढी छ । यद्पि कम्पनीले हालसम्म  बिक्री बन्दको विषयमा कुनै पनि सूचना जारी गरिसकेको भने छैन ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Share News