इलेक्ट्रीशियनलाई लिट्मस केबल्सको ७ महिने योजना : स्मार्टवाचदेखि दुबईसम्मको यात्रा

<p>काठमाडौं । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी ७ महिने योजना ल्याएको छ । कम्पनीले उनीहरुलाई “लिटमस केबल्सः इको वाईरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा ,” नामक योजना ल्याएको हो । जसको मुख्य उद्देश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने हो । कम्पनीका अनुसार लिट्मस केबल्सको इकोवायर जेठएच, नेपालको जिरो हलोगेन तार हो, जुन सुरक्षा सुधार [&hellip;]</p>

काठमाडौं । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी ७ महिने योजना ल्याएको छ । कम्पनीले उनीहरुलाई “लिटमस केबल्सः इको वाईरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा ,” नामक योजना ल्याएको हो ।

जसको मुख्य उद्देश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने हो ।

कम्पनीका अनुसार लिट्मस केबल्सको इकोवायर जेठएच, नेपालको जिरो हलोगेन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पीभीसी पोलिमरहरूद्वारा बनाइएको तार हो । यसै कारणले, आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन-मुक्त ग्याँसहरू कम गर्दछ, जसले यसलाई सुरक्षित र वातावरण मैत्री बनाउने कम्पनीको दावी छ ।

यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । साथै, १५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका र २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्नेछन् ।

यस योजनामा सहभागी हुनको लागि इलेक्ट्रीशियनहरूले इकोवायर जेठएच खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ । र, उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन् ।

कम्पनीको अनुसार यो योजना २०८० पुस १ गतेदेखि आगामी २०८१ असार ३१ गतेसम्म जारी हुने छ ।

Share News