क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित

<p>काठमाडौं । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरोद्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ । यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको साथ दुई कम्पनी बिचको सहकार्यमा सन्तुष्टि जनाएको छ । उक्त पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ [&hellip;]</p>

काठमाडौं । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरोद्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ । यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको साथ दुई कम्पनी बिचको सहकार्यमा सन्तुष्टि जनाएको छ ।

उक्त पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी थिइन् ।

कम्पनीका अनुसार राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ । डिसेम्बर १४, १९९१ मा यसको स्थापनापछि, भारत सरकारका सम्मानित गणमान्य व्यक्तिहरूबाट यी पुरस्कारहरू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ऊर्जा संरक्षणमा उदाहरणीय प्रयासहरूलाई प्रस्तुत गर्दछ ।

‘वर्षको सबैभन्दा ऊर्जा कुशल उपकरण’ श्रेणीमा फोकसले उपभोक्ताको आवश्यकता पूरा गर्ने मात्र नभई ऊर्जा संरक्षणमा पनि योगदान पुर्याउने उत्पादनहरू सिर्जना गर्न नवप्रवर्तनको महत्त्वलाई जोड दिइन्छ ।

नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ । चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।

Share News