काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। आज प्रतितोला छापावाल सुन १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ।