काठमाडौं । नेपाल विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ आज होटेल अरण्य बुटिकमा सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा शुुभकामना दिदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुुझाव सल्लाह हरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताए ।
मन्त्री सर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य का लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताए ।
सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताए । विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहिको दायरामा ल्याउने बताए ।