हिमालयन रिको आईपीओ बाँडफाँड, २९ हजार बढीले पाए ४० कित्ता सेयर

<p>काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले जारी गरेको आईपीओको बाँडफाँट भएको छ । मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जारी भएको उक्त आईपीओको बाँडफाँड बुधबार बिहान १० बजे सुवर्ण शमशेर मार्ग बालुवाटारको ताज रिसेप्सनमा भएको हो । मागभन्दा बढी आवेदन परेको उक्त आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् [&hellip;]</p>

काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले जारी गरेको आईपीओको बाँडफाँट भएको छ । मंसिर २७ गतेदेखि पुस १ गतेसम्म जारी भएको उक्त आईपीओको बाँडफाँड बुधबार बिहान १० बजे सुवर्ण शमशेर मार्ग बालुवाटारको ताज रिसेप्सनमा भएको हो ।

मागभन्दा बढी आवेदन परेको उक्त आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् । योग्य आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले जति आवेदन गरेका थिए त्यति पाएका छन् । त्यसपछि बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ भने थप बाँकी रहेको २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिनेछ । कम्पनीको आईपीओको रिजल्ट हेर्न बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेवसाइट, सिडीएससीको मेरो सेयरको वेवसाइट र सिडीएससीले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टको वेवसाइटबाट पनि हेर्न सकिन्छ ।

Share News