बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ बढेको छ ।

सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News