विश्वका १० महँगा सीईओ, जसले लिन्छन् ३४ अर्बसम्म तलब

<p>काठमाडौं । धेरै पैसा कमाउन उद्योग, व्यापार नै गर्नुपर्छ भन्ने छैन । राम्रो व्यवस्थापक बन्न सकेमा उच्चस्तरको पैसा कमाउनुका साथै ठूलो संस्थामा प्रभावकारी नेतृत्व गर्न, बजारको आवश्यकताअनुसार वस्तु तथा सेवाको उत्पादन गर्न, शक्तिको अभ्यास गर्न, ख्याति कमाउन सकिन्छ भनेर संसारमा धेरैले प्रमाणित गरेका छन् । कुनै कम्पनी तथा संस्थाको उच्च तह अर्थात् सीईओको रूपमा काम [&hellip;]</p>

काठमाडौं । धेरै पैसा कमाउन उद्योग, व्यापार नै गर्नुपर्छ भन्ने छैन । राम्रो व्यवस्थापक बन्न सकेमा उच्चस्तरको पैसा कमाउनुका साथै ठूलो संस्थामा प्रभावकारी नेतृत्व गर्न, बजारको आवश्यकताअनुसार वस्तु तथा सेवाको उत्पादन गर्न, शक्तिको अभ्यास गर्न, ख्याति कमाउन सकिन्छ भनेर संसारमा धेरैले प्रमाणित गरेका छन् । कुनै कम्पनी तथा संस्थाको उच्च तह अर्थात् सीईओको रूपमा काम गर्नेहरूले मनग्य कमाएका मात्र छैनन्, संस्थामा प्रभावकारी नेतृत्व गरेका छन् । वस्तु तथा सेवामा नवीनता प्रधान गरेका छन् र आफूलाई समाजमा, देशमा वा विश्वमा प्रभावशाली व्यक्तिको रूपमा उभ्याएका छन् । त्यसमध्ये केही पात्रहरूको यहाँ चर्चा गरिएको छ ।

स्टीफन स्वाट्र्जम्यान एक अमेरिकी वित्तीय उद्यमी तथा वित्तीय सेवा प्रदायक कम्पनीका सीईओ हुन् । उनी ब्ल्याकस्टोनको सीईओ भएर काम गरिरहेका छन् । उनी सन् २०२३ को विश्वका सबैभन्दा महँगा सीईओहरूको शीर्ष स्थानमा पर्छन् । स्टीफनको नेतृत्वले ब्ल्याकस्टोनलाई उचाइमा पुर्याएको छ भने कम्पनीले पनि उनलाई उचाइमा पुर्याएको देखिन्छ । कम्पनीले सन् २०२३ मा स्टीफनलाई २५ करोड ३१ लाख २२ हजार अमेरिकी डलर अर्थात् ३४ अर्ब ७ करोड ४८ लाख रुपैयाँ बराबरको तलब सुविधा दिएको छ ।

सुन्दर पिचाई एक भारतीय उद्यमी र कम्प्यूटर इन्जिनियर हुन् । सुन्दर पिचाई भारतको तामिलनाडूमा जन्मेका हुन् भने सिकागो विश्वविद्यालयबाट इन्जिनियरिङमा डिग्री पास गरेका हुन् । उनी गूगलको सीईओकोरूपमा कार्यरत छन् । गूगलमा उनले महत्वपूर्ण परियोजनाहरूमा योगदान दिएका छन् । सीईओ पिचाईलाई सन् २०२३ मा २२ करोड ५९ लाख अमेरिकी डलर अर्थात् ३० अर्ब ४२ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ । सबैभन्दा धेरै तलब लिने सूचीको दोस्रो स्थानमा पिचाई पर्छन् । पिचाई विश्वको निकै प्रभावशाली व्यक्तिमा गनिन्छन् ।

स्टिभन एम.शेर हट्र्ज ग्लोबल होल्डिङ्सका सीईओ हुन् । विश्वमा सबैभन्दा बढी तलब लिने सीईओको सूचीमा उनी तेस्रो नम्बरमा पर्छन् । उनलाई कम्पनीले सन् २०२३ मा १८ करोड ५१ लाख ८८ हजार डलर अर्थात् २४ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ तलब दिएको छ । अटोमोटिभ र उद्योगको क्षेत्रमा शेरको रणनीतिक निर्णय गरेका उनले कम्पनीको वित्तीय कार्यसम्पादनलाई मात्र नभई व्यक्तिगत आर्थिक जीवनलाई उच्च बनाएका छन् ।

ब्यारी म्याकार्थी पेलोटन कम्पनीको सीईओ हुन् । उनले १६ करोड ८० लाख ७३ हजार अमेरिकी डलर अर्थात् २२ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ कम्पनीबाट तलब वापत् बुझेका छन् । अनुभवी सीईओका रुपमा चिनिएका उनी नेटफ्लिक्सको मुख्य वित्तीय अधिकृत भएर समेत काम गरिसकेका छन् । पेलोटन फिटनेस प्रविधि क्षेत्रमा प्रमुख कम्पनीका रुपमा उभिएको छ । म्याकार्थीले यस कम्पनीको नेतृत्वमा महत्वपूर्ण भूमिका निभाइरहेका छन् ।

माइकल लेविट कोर साइन्टिफिकका सीईओ हुन् । लेविटले १६ करोड ६ लाख ९५ हजार अमेरिकी डलर अर्थात् २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ तलब बुझेका छन् । विश्व टेक्नोलोजी र क्रिप्टोकरेन्सीमा गहिरो खोजीको विषयमा उनले भूमिका निर्वाह गर्दै आएका छन् ।

माइकल रापिनो लाइभ नेशन इन्टरटेनमेन्टका सीईओ हुन् । रापिनोलाई सन् २०२३मा १३ करोड ९० लाख अमेरिकी डलर अर्थात् १८ अर्ब ७१ करोड २६ लाख रुपैयाँ बराबरको तलब कम्पनीले दिएको छ । मनोरन्जन क्षेत्रमा चुनौती देखिएको बेला माइकलको रणनीतिक निर्णयले कम्पनीलाई अग्रस्थानमा उभ्याएको छ ।

साफ्रा काट्ज सबैभन्दा महँगो महिला सीईओ हुन् । ओरेकल कर्पाेरेशनकी सीईओ साफ्रा काट्जले १३ करोड ८१ लाख ९२ हजार अमेरिकी डलर अर्थात् १८ अर्ब ६० करोड ३ लाख रुपैयाँ तलब बुझेकी हुन् । एक विश्वव्यापी टेक्नोलोजीमा दिग्गज, डिजिटल परिदृष्यको आकारमा उनी पनि महत्वपूर्ण पात्रका रुपमा देखिएकी छिन् ।

डगलस इन्ग्राम सेराप्ट थेराप्यूटिक्सका सीईओ हुन् । उनले सन् २०२३ मा १२ करोड ४९ लाख ३८ हजार अर्थात् १६ अर्ब ८१ करोड ९० लाख रुपैयाँ तलब बुझेका हुन् । बायोटेक्नोलोजी र फार्मास्यूटिकल्सको क्षेत्रमा सेरेप्टा थेराप्युटिक्स महत्वपूर्ण कम्पनी हो ।

बिल रेडी पीनटेरेस्टका सीईओ हुन् । बिल रेडीले १२ करोड २६ लाख ५१ हजार अमेरिकी डलर अर्थात् १६ अर्ब ५१ करोड ११ लाख रुपैयाँ तलब बुझेका छन् । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको संसार द्रुतरूपमा विकसित भइरहेका बेला रेड्डीको नेतृत्वले पीनटेरेस्टले आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ ।

कार्ल एस्चेन्बेच वर्कडेको सीईओ हुन् । एस्चेन्बेच सबैभन्दा महँगा सीईओहरूको शिर्ष १० स्थानमा पर्छन् । उनले सन् २०२३ मा १० करोड २६ लाख ८५ हजार अमेरिकी डलर अर्थात् १३ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ तलब बुझेका छन् । मानव संसाधन र वित्तीय व्यवस्थापन समाधानहरूको दायरामा वर्कडे एक महत्त्वपूर्ण कम्पनी हो । लुब्ध हुने तथ्यहरूमा खोजी गर्दा उनको योगदान छ ।

Share News