काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको सेवाका विषयमा निर्जीवन बीमा कम्पनीहरूबाट प्रतिक्रिया लिएको छ । बुधबार निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई प्राधिकरणमा बोलाएर पुनर्बीमा कम्पनीहरूले दिईरहेको सेवाका विषयमा प्रतिक्रिया लिएको हो ।
हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनी सञ्चालनमा छन् ।
स्रोतका अनुसार नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीले दिइरहेको सेवा कस्तो छ भनेर प्राधिकरले सोधेको थियो । यदि पुनर्बीमा कम्पनीहरूले दिइरहेको सेवामा प्राधिकरणबाट केही गर्नु पर्ने छ भने सो कार्य गर्न तयार रहेको प्राधिकरणले बताएको थियो ।
‘पुनर्बीमा कम्पनीहरूले कस्तो सेवा दिइरहेका छन्, केही कमीकमजोरी छन् प्राधिकरणले सच्याउन निर्देशन दिन तयार छ,’ छलफलमा सहभागी एक सीईओले विकासन्युजसँग भने ।
छलफलमा सहभागी सीईओहरूले दुवै पुनर्बीमा कम्पनीहरूले राम्रो सेवा दिइरहेको प्रतिक्रिया दिएको स्रोतको भनाइ छ ।