सुनको मूल्य एकैदिन प्रतितोला १३ सय रुपैयाँले घट्यो

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार तेजावी [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँमा कारोबार भएको छ ।

Share News