अल्ट्रा नेपाल इको प्यानलको उत्पादन शुरू

<p>भक्तपुर । उत्पादन लागत कम गर्न लामो समयको अध्ययन अनुसन्धान पश्चात दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको छ । कम्पनीका अनुसार यो बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल) को मिश्रणबाट बनेको हुन्छ । स्याण्डविच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम सिलिकेट बोर्ड हालेको हुँदैन। ढलान गरी बनेको [&hellip;]</p>

भक्तपुर । उत्पादन लागत कम गर्न लामो समयको अध्ययन अनुसन्धान पश्चात दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको छ ।

कम्पनीका अनुसार यो बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल) को मिश्रणबाट बनेको हुन्छ । स्याण्डविच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम सिलिकेट बोर्ड हालेको हुँदैन। ढलान गरी बनेको स्थायी संरचनाको भित्री पार्टेशन वालको प्रयोगमा लक्षित गरि यो प्यानलको उत्पादन सुरु गरिएको हो । यसको मोटाई ४.५ ईन्च हुन्छ । तौल भने ईट्टाको वाल भन्दा ३ गुना कम हुन्छ।

इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरि उत्पादन थालेको यो प्यानलको तुलनात्मक रूपमा मूल्य कम छ । यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिएको कम्पनीले अहिले क्याल्सियम सिलिकेट बोर्ड विनाको प्यानल निकालेको हो । यसअघि प्यानलको दुवैतिर सिल्केड बोर्ड रहन्छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर कृष्णभक्त दुवालले उपभोक्तालाई थोरै मूल्यमा दिन सकून् भन्ने उद्देश्यले यस्तो प्यानलको उत्पादन थालेको बताए । ‘यो तुलनात्मक रुपमा सस्तो छ’, सिइओ इन्जिनियर दुवालले भने, ‘चार इन्चको वाल लगाउँंदा जति खर्च लाग्छ, त्यही हाराहारीमा यो ४.५ ईन्चको अल्ट्रा नेपाल इको प्यानलको प्रयोग गर्न सकिन्छ । यसअघि क्याल्सियम सिल्केड बोर्ड भएको प्यानल प्रयोग गर्दा इटाको गाह्रो लगाउनु भन्दा केही महँंगो हुन्थ्यो ।’

‘पहिला क्याल्सियम सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपर्ने थियो’, इन्जिनियर दुवालले भने, ‘विदेशबाट आयात गर्नुपर्ने सामान रोकिने भएर यसले देशको व्यापार घाटा पनि कम गराउने विश्वास छ ।’

कम्पनीका अनुसार अहिले दुई वटा प्यानलवीचको जडानका लागि म्याजिक एक्सपी प्रोडक्टको प्रयोग गरिन्छ । यो वाटर प्रुफ हुनुका साथै यसको प्रयोगबाट हेयर लाइन क्रयाक पनि नदेखिने हुन्छ । यसको प्रयोगपछि इटाको गाह्रो लगाएर प्लाष्टर गरी वालपटी लगाएर कलर गरेपछि जस्तो देखिने बताइएको छ ।

Share News