काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।