नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने वर्कशप सम्पन्न, ५ जना कर्मचारी सम्मानित

<p>काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न भएको छ । &#8216;एक्सेल एण्ड इलिभेट २०८०/८१&#8217; नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको हो । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी वर्षको [&hellip;]</p>

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न भएको छ । ‘एक्सेल एण्ड इलिभेट २०८०/८१’ नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको हो ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी वर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराइएको थियो ।

२०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाशिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने बताए । त्यसैले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने उनको भनाई थियो । साथै, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जानेमा उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुलाई मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्बेसडर रहेको र कम्पनीको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रह गरे ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरे । साथै, उनले राष्ट्रिय हितका लागि आतंकवादि वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताए ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा सञ्चालन गरिएको थियो । सो परीक्षाबाट प्रथम, द्धितीय र तृत्तीय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठलाई सीईओ खत्रीले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

त्यस्तै, देशैभरिबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि सीईओ खत्रीले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

Share News