एशियन लाइफका यी ३४ जना ऋणीले चुक्ता गरेनन् कर्जा

<p>काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्जा चुक्ता नगर्ने ऋणहरूको नाम सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीबाट कर्जा लिई चुक्ता नगर्ने ३४ जना ऋणीलाई ३५ दिनभित्र तिर्न ताकेता गरेको हो । विभिन्न शिर्षकमा कर्जा लिई साँवा र ब्याजको रकम शर्त तथा सम्भौता बमोजिम तिर्न बुझाउन पटक–पटक मौखिक एवम् लिखित रुपमा ताकेता गर्दा समेत बेवास्ता गरी [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्जा चुक्ता नगर्ने ऋणहरूको नाम सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीबाट कर्जा लिई चुक्ता नगर्ने ३४ जना ऋणीलाई ३५ दिनभित्र तिर्न ताकेता गरेको हो ।

विभिन्न शिर्षकमा कर्जा लिई साँवा र ब्याजको रकम शर्त तथा सम्भौता बमोजिम तिर्न बुझाउन पटक–पटक मौखिक एवम् लिखित रुपमा ताकेता गर्दा समेत बेवास्ता गरी कर्जा नियमित नगरेको कम्पनीले जनाएको छ । साथै, बक्यौता फच्छ्र्यौट गर्न कुनै चासो नदेखाएको र कर्जा सम्बन्धि शर्त सम्भौता उलङघन गरेको कम्पनीको भनाइ छ ।

कम्पनीले ३४ जना ऋणीको नाम र साक्षि बस्नेको नाम सार्वजनिक गरेको हो । कम्पनीबाट कर्जा लिने अधिकांश सवारी साधन शिर्षकमा ऋण लिएका छन् ।

अबको ३५ दिनभित्र कर्जाको साँवा, ब्याज तथा अन्य सम्पूर्ण रकम चुक्ता भुक्तान गर्न कम्पनीले ताकेता गरेको हो । अन्यथा कर्जा असुलीको लागी नियमानुसार आवश्यक कानूनी कारवाही अघि बढाइ कर्जा सुचना केन्द्रको कालो सूचीमा नाम समावेश गर्न सिफारिस गरिने कम्पनीले जनाएको छ ।

Share News