वैदेशिक व्यापार थप खुम्चियो, आयात ३.४ र निर्यात ६.१ प्रतिशतले कमि

<p>काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक व्यापार खुम्चिदै गएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मुलुकको आयात निर्यात दुवै खुम्चिएको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक व्यापार खुम्चिदै गएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मुलुकको आयात निर्यात दुवै खुम्चिएको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई  ६४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।

Share News