काठमाडौं । नेपालपे क्युआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट हुने भएको छ । अब ग्राहकहरुले नेपालपे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुनेछ । बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपालपे क्युआर बाट भुक्तानी गर्दा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन् ।
जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त विन्टर अफर ‘धष्लतभच यााभच’ हाल बिगमार्टको ८१ वटा भन्दा बढि स्टोरहरुमा उपलब्ध रहेका छन् । बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डाइन्यामिक क्युआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ ।
ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ ।