
यदाकदा हारिरहेको छु ।
खोजौं, कसलाई खोजौं ?
नखोजौं शताब्दीदेखि,
कसलाई खोजिरहेको छु ।
कहिले पहाडको सुसाहटमा,
आफैंलाई हराइरहेको छु ।
कहिले तराईका फाँटहरूमा,
गौँथली बनी आफ्नै अस्तित्व खोजिरहेको छु ।
प्रेमको अर्थलाई शिव खोज्दै धर्तीमा आएँ,
म खोइ के कुराको खोजीमा शताब्दीदेखि खोजिरहेको छु ।
आफू अनगिन्ती यात्रामा हिँडिरहेको छु ।
शब्दले शब्दको अर्थ खोजिरहेको छ,
प्रश्नले उत्तर खोजिरहेको छ ।
यहाँ मान्छे मान्छेबिच फाटा छन्,
धर्म त यहाँ त्यतिकै बदनाम भइरहेको छ ।
जातको निर्माण खोइ कसले गर्यो ?
धर्मको स्थापना खोइ कसले गर्यो ?
यहाँ मान्छे धर्म र जातका नाममा,
एकले अर्कोलाई काटिरहेको छ ।
संकल्प र संकल्पका यात्रीहरू,
आफ्नै संकल्पमा हिँडिरहेका थिए ।
खोइ म के संकल्प लिएर हिँडिरहेको थिए ?
आफैं अलमलमा अल्झिरहेको छु ।
भगवानहरू भगवान्त्वको खोजीमा हिँडिरहेका बेला,
म आफूभित्रको आत्मज्ञानलाई खोजिरहेको छु ।
दिब्यदृष्टीमा सबैले आफ्नो अस्तित्व खोजिरहेका छन् ।
म त्यही दिब्यदृष्टीमा संसारको अस्तित्व खोजिरहेको छु ।