नेपाल लाइफका सेयरधनीले लाभांश नपाउने

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् ।

माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने बताएको छ ।

कम्पनीले यसअघि अर्थात आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News