एलजी फ्ल्यागसिप शोरुमको पुनः शुभारम्भ, बिहान १० बजेदेखि खुल्ला हुने

<p>काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ भएको छ । एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उक्त शोरुमको उद्घाटन गरी शुभारम्भ गरेका हुन् । एलजी फ्ल्यागसिप शोरुमहरु आधुनिक तथा प्रवीणतम डिजाइनमा खोलिएको छ । यी [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ भएको छ । एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उक्त शोरुमको उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।

एलजी फ्ल्यागसिप शोरुमहरु आधुनिक तथा प्रवीणतम डिजाइनमा खोलिएको छ । यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन् ।

यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहनेछ ।

यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्स्चेञ्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ । र विभिन्न एलजीका सामाग्रीहरुको लाइभ डेमो पर्सनल जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी फ्ल्यागसिप शोरुमहरुले फ्री डेलिभरी सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

Share News