हिमालयन एभरेष्टको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज माघ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् [&hellip;]</p>

काठमाडौं । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

त्यसैले आज माघ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।

इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकको सुविधा तथा भत्ता वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । रिक्त रहेको विज्ञ स्वतन्त्र सञ्चालकको नियुक्ति र संस्थापक सञ्चालकको नियुक्ति गरी अनुमोदन गर्नेछ ।

Share News