भृकुटीमण्डपमा सुरु भयो ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनी, बीउ बिजनदेखि कृषि यन्त्रसम्म पाइने

<p>काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ सुरु भएको छ । समग्र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उक्त प्रदर्शनी माघ ११ गतेदेखि सुरु भएको हो । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.लीद्वारा संयुक्त रूपमा आयोजित यो प्रदर्शनीमा विभिन्न कम्पनीका कृषिसम्बन्धी [&hellip;]</p>

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ सुरु भएको छ । समग्र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उक्त प्रदर्शनी माघ ११ गतेदेखि सुरु भएको हो ।

मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.लीद्वारा संयुक्त रूपमा आयोजित यो प्रदर्शनीमा विभिन्न कम्पनीका कृषिसम्बन्धी प्रडक्टहरू रहेका छन् । आयोजक टिमका अनुसार माघ १४ गतेसम्म सञ्चालन हुने  प्रदर्शनीमा सयभन्दा बढी स्टलहरू रहेका छन् ।

छैठौं नेपाल एग्रीटेक प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले गरेका छन् । उद्घाटनका क्रममा मन्त्री भुसालले कृषि क्षेत्रको विकास आधुनिकीकरण र यान्त्रीकरण बिना सम्भव नरहेको बताए ।

‘छैठौं नेपाल एग्रीटेकले कृषक र कृषि उत्पादनमा मद्दत पुर्याउने अपेक्षा छ, नेपालमा कृषि उत्पादन भइरहेता पनि यसलाई आधुनिकीकरण गर्न सकिएको छैन, अब यसतर्फ पनि सोच्नु पर्छ,’ उनले भने ।


यस अन्तर्राष्ट्रिय प्रदर्शनीले कृषकहरूका समस्याहरूलाई समाधान गर्ने साथै कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा परामर्श लिन सकिने पनि बताइएको छ । आयोजक टिमले प्रदर्शनी अवधि भर निःशुल्क प्रवेश गर्न सक्ने व्यवस्था मिलाएको छ ।

प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने विश्वास लिएको छ । मुक्तिनाथ कृषि कम्पनीले सो अवसर पारेर आफ्नो नयाँ उत्पादन ‘जैविक मल तथा उत्सर्जक’ सार्वजनिक गरेको छ ।

Share News