रिलायबल लाइफको आज सेयर किन्नेले १६.८४ प्रतिशत लाभांश पाउने

<p>काठमाडौं । आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त [&hellip;]</p>

काठमाडौं । आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

त्यसैले आज माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् ।

लाभांश पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते लिसरा ब्याङ्क्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Share News