आइजीआई प्रुडेन्सियल दियो प्रदेश र विभागीय प्रमुखलाई अनुपालन तथा एएमएल/सीएफटी तालिम

<p>काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । माघ १३ गते चन्द्रागिरी हिल्स काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च ब्यवस्थापनको रोहवरमा ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुकहरुको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो । कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले संचालक समितिका सदस्य, उच्च ब्यवस्थापन, विभागिय [&hellip;]</p>

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । माघ १३ गते चन्द्रागिरी हिल्स काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च ब्यवस्थापनको रोहवरमा ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुकहरुको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो ।

कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले संचालक समितिका सदस्य, उच्च ब्यवस्थापन, विभागिय प्रमुख तथा प्रदेश प्रमुखहरुलाई अनुपालन तथा एएमएल सीएफटीको बारे जानकारी गराएका थिए । सो अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत युगेश्भक्त बादे श्रेष्ठले आफ्नो दैनिक काम कारबाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए ।

उनले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारबाही गर्दा कम्पनीका नियमक निकायहरुले दिइएको निर्देशन त्यसै गरी ऐन नियम, कानून र उच्च ब्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने बताए ।

सो कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्र्रमुख मार्फत सबै विभागका कर्मचारीहरु तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा रहेक कार्य गर्दा ऐन, नियम, निर्देशन तथा परिपत्रको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।

Share News