सरकारले ३३ प्रतिशत बढी कर असुलेपछि सिनेमा हलको विरोध, देशभरका हल बन्द गर्ने चेतावनी

<p>काठमाडौं । सरकारले चलचित्र क्षेत्रबाट ३३ प्रतिशत बढी कर लगाउन थालेपछि विरोध हुन थालेको छ । सरकारले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन कर लगायत शिर्षकमा ३३ प्रतिशत बढी कर लगाएपछि चलचित्र संघले विरोध गर्ने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै सो करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गर्ने चेतावनी दिएको [&hellip;]</p>

काठमाडौं । सरकारले चलचित्र क्षेत्रबाट ३३ प्रतिशत बढी कर लगाउन थालेपछि विरोध हुन थालेको छ । सरकारले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन कर लगायत शिर्षकमा ३३ प्रतिशत बढी कर लगाएपछि चलचित्र संघले विरोध गर्ने भएको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै सो करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गर्ने चेतावनी दिएको हो । संघले अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने चेतावनी दिएको हो ।

‘चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Share News