भृकुटीमण्डपमा माघ १८ देखि नवौं ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै

<p>काठमाडौं । माघ १८ गतेदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले [&hellip;]</p>

काठमाडौं । माघ १८ गतेदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो । निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी महत्वपूर्ण हुने मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताए ।

उनले विगत ८ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने विश्वास रहेको बताए ।

मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको जानकारी दिए । मेलाको तयारी लगभग सकिसकेको उनको भनाइ छ । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाउने बताए । यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरु बढी रहने पनि बताए । मेलाले आर्थिक संकुचन हटाउन पनि मदद्त पुग्ने जानकारी दिए ।

‘माघको १८, १९, २० र २१ गते (फेब्रुअरी १,२,३ र ४) मा भृकुटीमण्डप काठमाडौंमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । बिल्डिङ कन्स्ट्रक्शन क्षेत्रको यो एक्जिबेशन हो । यसमा हाम्रो अपेक्षा भनेको ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने भन्ने हो । यो प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मिडिल इस्टमा दुबईका कम्पनीहरु छन् । यो मेलामा लगभग डेढ सय कम्पनीका स्टल रहनेछन् । जसमा ५ सय बढी ब्राण्डहरुका सामान हुनेछन् । नेपाल र भारतका बढी स्टलहरु हुन्छन् । यस्ता मेलाले आर्थिक संकुचन हटाउन पनि मदद्त गर्दछ । पहिला विदेशका कम्पनी धेरै थिए, अहिले नेपाली कम्पनीहरु विदेशी कम्पनीको तुलनामा धेरै छन्’, उनले भने ।

कार्यकारी निर्देशक भट्टराईले ४ दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्देश्यले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण हुन लागेको हो ।

Share News