भारतले बढायो नेपाललाई दिने सहयोग, ११ अर्ब २० करोड विनियोजन

<p>काठमाडौं । भारत सरकालेले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेकाे बजेटमा आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) नेपालका लागि विनियोजन गरिएकाे छ । भारतले वित्त वर्ष २०२३/२४ मा नेपालका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) [&hellip;]</p>

काठमाडौं । भारत सरकालेले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेकाे बजेटमा आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) नेपालका लागि विनियोजन गरिएकाे छ ।

भारतले वित्त वर्ष २०२३/२४ मा नेपालका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो ।

भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको छ ।

Share News