‘गिरफ्तार गरेपछि समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायी थप निरुत्साहित भए’

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको बताएको छ । व्यवसायी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीमाथिको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण गर्दै महासंघले सो बताएको हो । सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको बताएको छ ।

व्यवसायी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीमाथिको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण गर्दै महासंघले सो बताएको हो ।

सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दा गर्दै पनि सरकारको यस्तो प्रवत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको महासंघको धारणा छ ।

यससँगै महासंघले सत्यतथ्य पत्ता लगाएर मात्रै कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ ।

साथै, केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

Share News