पुँजी पुर्याउन ४२ प्रतिशत हकप्रद जारी गर्दै एशियन लाइफ इन्स्योरेन्स

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । माघ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि अर्थात माघ १२ गते [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

माघ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि अर्थात माघ १२ गते मात्रै बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनससहित ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त ७.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ कायम हुन्छ । उक्त पुँजीको ४२ प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।

Share News