प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

<p>काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गतेसम्म ३ दिने बिजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो । ‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका [&hellip;]</p>

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गतेसम्म ३ दिने बिजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।

‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने बताए ।

उनले थपे, ‘एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं ।’

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पारे ।

प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारे । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुति रहेको थियो ।

Share News