६ महिनामा क्रेष्ट माइक्रो लाइफको नाफा ११ लाख ७५ हजार रुपैयाँ

<p>काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । पुस मसान्तसम्म कम्पनीले १ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, ६ महिनाको अवधिमा कम्पनीले २ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता [&hellip;]</p>

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

पुस मसान्तसम्म कम्पनीले १ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, ६ महिनाको अवधिमा कम्पनीले २ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्स ५० लाख ६७ हजार रुपैयाँ, महाविपत्ति कोष ५ लाख ५६ हजार रुपैयाँ र जीवन बीमा कोष ८२ लाख ९६ हजार रुपैयाँ छ ।

यस अवधिमा कम्पनीले ८ हजार ५३२ बीमा लेख बिक्री गरेको छ ।

Share News