काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ५ प्र्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, रिटन्ड अर्निङ ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, अन्य इक्विटी १७ प्रतिशत बढेर ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
यस्तै, लघुवित्तको जीवन बीमा कोष ३१.४७ प्रतिशत बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ९५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्म कम्पनीले ३२ लाख ९९ हजार ६३२ बीमा लेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।