नेशनल लाइफको सेयर बेचेर बाहिरिँदै ३ संस्थापक सेयरधनी

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता, स्वदेशी सेक्युरीटिज एण्ड इभ्नेष्टमेन्टको १५ हजार [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता, स्वदेशी सेक्युरीटिज एण्ड इभ्नेष्टमेन्टको १५ हजार ९४५ कित्ता गरी कूल ८ लाख ६४ हजार ५५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीको उक्त सेयर खरिदका लागि विद्यमान संस्थाप सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन पर्नेछ । यदि उक्त समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

Share News