काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ अुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ६८ करोड ९१ लख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष २४ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियम ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ५८ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.१९ रुपैयाँ बढेर १०.४२ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२८.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।