काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ सय प्रतिशत बढेर ६० करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क १५४.६५ प्रतिशत बढेर १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेर ७३ लाख १५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४८ लाख ४८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी ९२.८४ प्रतिशत बढेर २ अर्ब ४६ करोड रुपैयाँ गरेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेर १ अर्ब ६० करोड रुपैयाँ गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर १० अर्ब रुपैयाँ, सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.८२ रुपैयाँ बढेर १२.५ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.३० रुपैयाँ रहेको छ ।