काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१० प्रतिशत बढेर ६१ करोड ६० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.६९ प्रतिशत घटेर ३३ करोड ९१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत बढेर १ अर्ब १५ करोड रुपैयाँ गरेको भने कुल खर्च १.६७ प्रतिशत बढेर ६९ करोड ४१ लख रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३०.१ रुपैयाँ रहेको छ ।