
काठमाडौं । यदि कोही जीवनमा सफल हुन चाहन्छ भने उसले आफ्नो कडा परिश्रम र राम्रो विचारको आधारमा ठूलो उचाइ हासिल गर्न सक्छ ।
संसारमा यस्ता धेरै व्यक्तिहरू छन् जसले मानिसहरूलाई आफ्नो सफलताको कथाबाट प्रेरित गर्छन् ।
यो त्यस्तै एक भारतकी गृहिणीको सफलताको कथा हो जसले आज व्यावसायिक जगतमा नयाँ स्थान हासिल गरिसकेकी छिन् ।
उनी हुन् भारत केरलाकी शीला कोचौसेफ चिटिलापिल्ली । पति कोचौसेफ थोमस चिटिलापिल्ली म्याग्नेट र वी-गार्ड उद्योगका संस्थापक भएर उद्योग सम्हालिरहँदा शीला मात्र गृहिणी भएर घर सम्हालिरहेकी थिइन् ।
पछि उनलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो । उनका श्रीमानले उनलाई व्यवसाय सुरु गर्न सल्लाह दिए । त्यसपछि उनले सुरु गरिन् वी-स्टार क्रिएशन ।
जसका लागि उनले जग्गा भाडामा लिएर आफ्नो व्यवसाय विस्तार गर्न थालिन् । सानैदेखि शीलासँग कपडा डिजाइन गर्ने ट्यालेन्ट थियो ।
त्यही ट्यालेन्टलाई उनले व्यवसायमा ढालिन् र उनले सबैभन्दा पहिले भि–स्टार सलवार कमिजबाट आफ्नो व्यवसाय सुरु गरिन् ।
२० लाख रुपैयाँको लगानीमा सुरु गरिएको भि–स्टारमा सुरुमा १० जनामात्रै कर्मचारी थिए ।
भाडाको जग्गामा सुरु भएको उनको व्यवसाय आज १ अर्ब २५ करोडको ठूलो व्यापारमा परिणत भएको छ ।
भि–स्टार अन्तर्गत् महिला, पुरुष र बालबालिकाका लागि उत्पादनहरू पनि समावेश छन्। जसमा लाइफस्टाइल र इनरवियर (भित्री वस्त्र) पर्छन् ।
सन् १०५९ जुलाई ६ मा जन्मिएकी शीलाले १९९५ मा भी–स्टार कम्पनी सुरु गरेकी थिइन् । उनको यो कम्पनी अहिले दक्षिण भारत र मध्यपूर्वी एसियामा इनरवियर उत्पादन गर्ने सबैभन्दा ठूलो ब्राण्ड बनेको छ । भारतमा उनको कम्पनीको ३० कारखाना सञ्चालनमा छन् । एजेन्सी