ट्रेनी हुँदै टाटा ग्रुप अध्यक्ष बनेका चन्द्रशेखरनको तलब मात्रै १ अर्ब

<p>काठमाडौं । विश्व विख्यात अटो कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका एन चन्द्रशेखरन टाटा सन्सका अध्यक्ष हुन । तर, टाटासँगको उनको सुरुवात इन्टर्नशिपबाट भएको थियो । उनले विगत सात वर्षदेखि टाटा समूहको नेतृत्व गर्दै आएका छन् । यतिमात्र होइन, चन्द्रशेखरनलाई रतन टाटाको दाहिने हात पनि मानिन्छ । रतन टाटाले उनलाई धेरै विश्वास गर्छन् । टाटा-सायरस मिस्त्री [&hellip;]</p>

काठमाडौं । विश्व विख्यात अटो कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका एन चन्द्रशेखरन टाटा सन्सका अध्यक्ष हुन । तर, टाटासँगको उनको सुरुवात इन्टर्नशिपबाट भएको थियो ।

उनले विगत सात वर्षदेखि टाटा समूहको नेतृत्व गर्दै आएका छन् । यतिमात्र होइन, चन्द्रशेखरनलाई रतन टाटाको दाहिने हात पनि मानिन्छ । रतन टाटाले उनलाई धेरै विश्वास गर्छन् ।

टाटा-सायरस मिस्त्री विवादका कारण एन चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

उनले कम्पनीलाई नयाँ उचाइमा पुर्‍याए । आज कम्पनीको मूल्य १ खर्ब २८ अर्ब अमेरिकी डलरबराबर पुगेको छ ।

सन् २०१९ मा चन्द्रशेखरनको तलब वार्षिक ६५ करोड रुपैयाँ थियो । त्यसपछि २०२१/२२ मा यसलाई बढाएर १ अर्ब ९ करोड रुपैयाँ पुर्‍याइयो ।

त्यसबेला चन्द्रशेखरन देशको पहिलो सबैभन्दा धेरै तलब पाउने बिजनेस एक्जिक्युटिभ थिए ।

पाँच वर्षमा टाटा समूहको राजस्व ६३ खर्ब ३७ अर्बबाट बढेर ९४ खर्ब ४४ लाख अर्ब रुपैयाँ पुगेको छ ।

सन् २०१७ मा समूहको नाफा ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ थियो । जुन २०२२ मा चन्द्रशेखरनले पदभार ग्रहण गर्दा ६ खर्ब ४२ अर्ब ६७ करोड रुपैयाँ पुग्यो ।

कलेज पूरा गरेपछि चन्द्रशेखरनले सन् १९८७ मा टाटा कन्सल्टेन्सी सेवामा इन्टर्न (प्रशिक्षार्थी) को रूपमा काम गर्न थाले ।

आफ्नो प्रतिभा र मिहिनेतका आधारमा उनले लगातार सफलता हात पारे । त्यसपछि कम्पनीले सन् २००७ मा उनलाई सञ्चालक समितिमा राख्यो ।

त्यसपछि मात्रै उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको हो । सन् २००९ मा उनी टीसीएसको सीईओ बनेका थिए । उनी टाटा समूहको सबैभन्दा कान्छो सीईओ बने ।

चन्द्रशेखरनको जन्म सन् १९६३ मा तमिलनाडुको एक किसान परिवारमा भएको थियो । एन चन्द्रशेखको पत्नी र एक छोरा छन् । उनको करोडौंको सम्पत्ति छ । अहिले उनको वार्षिक तलब १ अर्बभन्दा बढी छ । एजेन्सी

Share News