
याङ्गुन । सन् २०२३ को अप्रिल महिनाको सुरुदेखि सन् २०२४ को फेब्रुअरीसम्म २ लाखभन्दा बढी स्वदेशी पर्यटक र ४ हजारभन्दा बढी विदेशी पर्यटकले म्यानमारका विभिन्न संग्राहलयहरूको भ्रमण गरेका छन् । पुरातत्व विभाग र राष्ट्रिय संग्राहलयका सहायक निर्देशक विन पा पा माउले सिन्ह्वालाई यसबारे जनाकारी दिएका छन्।
म्यानमारमा पुरातत्व विभाग र राष्ट्रिय संग्राहलयअन्तर्गत २९ वटा राष्ट्रिय संग्राहलय छन् । सो अवधिमा संग्राहलयहरूमा पर्यटक आगमनबाट ११० मिलियन क्याट्स (लगभग ५२ हजार ३८० अमेरिकी डलर) प्राप्त भएको थियो।
यी संग्राहलयहरूमध्ये म्यानमारको राष्ट्रिय संग्राहलय (याङ्गुन), म्यानमारको राष्ट्रिय संग्राहलय (नेपी ताव), बागान पुरातात्विक संग्राहलय, मण्डले सांस्कृतिक संग्राहलयले सबैभन्दा बढी पर्यटकलाई आकर्षित गरेको उनले जानकारी दिएका छन् ।
विगतका वर्षको तुलनामा संग्राहलयमा धेरै पर्यटक आएकाले पर्यटनको प्रवाहमा वृद्धि हुँदा मुलुकको आम्दानीमा समेत वृद्धि भएको र संस्कृतिको संरक्षणमा टेवा पुगेको उनको धारणा छ ।
उनले देशको इतिहास र संस्कृतिबारे जानकारी लिन युवाहरूलाई संग्राहलय भ्रमण गर्न आग्रह गरेका छन् । एजेन्सी