नेपालको वैदेशिक व्यापार खुम्चियो, सात महिनामा आयात साढे दुई र निर्यात ७ प्रतिशतले घट्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको देखिएको हो । चालु आवको ७ महिनामा नेपालको कूल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको देखिएको हो ।

चालु आवको ७ महिनामा नेपालको कूल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार बराबरको भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो ।

विभागकाअनुसार आयात ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँको भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कमी हो । त्यस्तै, चालु आवको समीक्षा अवधिमा ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कमी हो ।

Share News