सानिमा रिलायन्सले गर्यो असहाय व्यक्तिलाई सहयोग

<p>काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई सहयोग प्रदान गरेको छ । इन्स्योरेन्सले मङ्गलबार हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई सहयोग प्रदान गरेको छ । इन्स्योरेन्सले मङ्गलबार हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सीईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।

Share News