काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ बढेको छ । आज सुनको मूल्य तोलाको ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।