प्रदेश लोक सेवा आयोगले माग्यो २२१ जना कर्मचारी

<p>काठमाडौं । प्रदेश लोक सेवा आयोगले २२१ जना कर्मचारी मागेको छ । सोमबार सूचना प्रकाशित गर्दै कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत आधारभूत तहमा वन रक्षक पदमा २२१ जना कर्मचारी मागेको हो । आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । परीक्षामा शारीरिक [&hellip;]</p>

काठमाडौं । प्रदेश लोक सेवा आयोगले २२१ जना कर्मचारी मागेको छ । सोमबार सूचना प्रकाशित गर्दै कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत आधारभूत तहमा वन रक्षक पदमा २२१ जना कर्मचारी मागेको हो ।

आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो ।

परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ ।

आयोगले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले चैत ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

Share News