काठमाडौं । उच्च क्षमताको ‘होनोर एक्स८बी’ मोबाइल अब ५१२ जीबी मेम्माेरी भएको मोबाइल मात्र २९ हजार ९९९ रुपैयाँमा पाइने भएको छ ।
नेपालमा होनोर मोबाइलको आधिकारिक वितरक सेलट्रोन नेपालले उच्च क्षमताको ‘होनोर एक्स८बी’ मोबाइल निकै सस्तो मूल्यमा उपलब्ध गराउन लागेको हो ।
आजदेखि स्पेनको बार्सिलोनामा आयोजित टेक्नोलोजी र इन्नोभेसनका लागि सबैभन्दा ठूलो इभेन्ट मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी)मा आफ्नो ‘म्याजिक इन्नोभेसन’का रुपमा ‘म्याजिक ६ सिरिज’, म्याजिक भी२ सेरिज’ र म्याजिक बूक प्रो १६’ लञ्च गर्दै छ ।
त्यहाँ लञ्च गरिने नयाँ सिरिजका मोबाइलहरूमध्ये एस्क सिरिजको मोबाइल ‘होनोर एक्स८बी’लाई चाँडै नै नेपाली बजारमा भित्र्याउने कम्पनीले जनाएको छ । जुन ५१२ जीबी स्टोरेजको छ भने कम्पनीले ‘कम्प्युटर लेभल स्टोरेज’ ट्याग लगाइदिएको छ । बुकिङका लागि कम्पनीले तीन दिन अर्थात् फेब्रुअरी २८ सम्मको समयसीमा तोकेको छ ।
प्रि–बुकिङ गर्दा कम्पनीले ५ हजार ९९० रुपैयाँ पर्ने होनोर च्वाइस एयरवड ‘एक्स५ई दुई हजार रुपैयाँमै उपलब्ध गराउने पनि जानकारी दिएको छ ।