प्यालेस्टाइन सरकारका प्रधानमन्त्रीद्वारा राजीनामा

<p>एजेन्सी । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताउनुभएको छ । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति महमुद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताए । सोमवार लिखित रुपमै राजीनामा बुझाएको उनको भनाइ छ । यो निर्णय गाजा पट्टीमा प्यालेस्टिनी जनता बिरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको [&hellip;]</p>

एजेन्सी । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताउनुभएको छ । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति महमुद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताए । सोमवार लिखित रुपमै राजीनामा बुझाएको उनको भनाइ छ ।

यो निर्णय गाजा पट्टीमा प्यालेस्टिनी जनता बिरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको बताए । शतायेहको सरकार अप्रिल २०१९ मा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । प्यालेस्टाइनी मेलमिलाप र चुनावको तयारीको जिम्मा दिइएको थियो ।

Share News