काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख १९ हजार कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको हो ।