सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २३ हजार पुग्यो

<p>काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [&hellip;]</p>

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार चार सय ४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजार रुपैयाँको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँसत दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।

Share News