काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको कूल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स र जीवन विकास लघुवित्तको गरी सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो ।
जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत अर्थात १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, यूनाइटेड अजोड इन्स्योरन्सको १०.२६१२ प्रतिशत अर्थात १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
साथै, जीवन विकास लघुवित्तको १४ प्रतिशत अर्थात १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।